

-
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका सप्तरीका दुई जनाको पीसिआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।
भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भई फर्किएका सात जनाको मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी–१ तिलाठी र खडक नगरपालिका–११ बनौलीका जमातीहरुको पीसिआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि धरान पठाइएको थियो । मङ्गलबार परीक्षण गर्न नआएका राजविराज नगरपालिका–१० बिरौलका एक जमातीको बुधबार आरडिटी परीक्षण गरी स्वाब परीक्षणका लागि धरान पठाइएको छ । उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज अस्पतालले योसमेत १८ जनाको स्वाब परीक्षणका लागि धरान पठाएको छ । तीमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बुधबार स्वाब पठाइएकाको रिपोर्ट आज मात्र आउने अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबारसम्म २९ जनाको आरडिटी किटबाट परीक्षण गरेको जनाएको छ । तीमध्ये २७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पोजिटिभ आएका दुई जनाको रिपोर्ट पिसिआर प्रविधिबाट बुधबार नेगेटिभ आएपछि सप्तरीवासीले राहत महसुस गरेका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



