

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिए । बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पारेका छन् ।
त्यसैगरी प्रवक्ता डा देवकोटाले आरडिटी विधिबाट १४ जिल्लाबाहेक सबैमा शुरु गरिएको बताए । उनका अनुसार प्रदेश नं १ मा सात, २ मा तीन, गण्डकी प्रदेशमा एक, ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्लाबाहेक सबैमा आरडिटी विधिबाट परीक्षण शुरु गरिएको छ । अहिलेसम्म १५ हजार आठ सयजनामा दुवै विधिबाट नमूना परीक्षण गरिएको बताए ।
यसैगरी पाँच हजार ६१४ क्वारेन्टाइन र ११७ जना आइसोलेशनमा रहेका छन् । मोबाइल एपबाट स्वयं मूल्याङ्कन गर्दा १३ जना रेड जोनमा परेको उहाँको भनाइ रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले १५ वटा समूह बनाएर सङ्क्रमितको नजीक रहेकाको परीक्षण गरिरहेको बताएका छन् । सोही समूहले नै सङ्क्रमित व्यक्तिका नजीक रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ नाम, ठेगाना, यात्राको विवरण लिने उनले बताए । “समूहबाट नै सङ्क्रमित रहेका नजीकका आफन्त, नातेदार र साथीभाइको कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौँ”, उनले भने, “नजीक रहेकाको स्वाब लिने र अलि टाढा रहेकाको रगतबाट परीक्षण गरेका छौँ ।”
उनका अनुसार बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ । उनले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए÷नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने जानकारी दिएका छन् । उनले १४ दिनपछि आरडिटीबाट गरिएको परीक्षणमा पोजेटिभ देखिए अन्यलाई सर्ने सम्भावना कम रहने बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



