

-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “विश्व स्वास्थ्य संगठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौं ।”
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना बनाउनु अघि नै विश्व स्वास्थ्य संगठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गरेका छन् ।
कोरोनाभाइरसका कारण अहिले संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित रहेको छ । कोरोनाभाइरस फैलिएदेखि हालसम्म संयुक्तराज्य अमेरिकामा मात्र २५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने छ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको समेतका विषयमा विश्व स्वास्थ्य संगठनमाथि नै अमेरिकी अधिकारीहरुले छानबिन गर्ने पनि बताएका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनसँग चीनको बढ्दो हिमचिमका बारेमा आलोचना हुन थालेको छ । विश्वभर नै संकट उत्पन्न गरेको कोरोनाभाइरसको महामारीबाट विश्वभर १ लाख २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सी
News Desk 0 response बुधबार, बैशाख ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



