

-
कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् ।
विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताइन् । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ ।
यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा थ्रोट स्वाब सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् ।
News Desk 0 response सोमवार, बैशाख १, २०७७

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



