

-
बागलुङ । जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (र्यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि दु्रत जाँच शुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुरज गुरौका अनुसार हालसम्म गरिएका सबै जाँचको रिपोर्ट नेगेटिभ छ । शनिबार बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका ११४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो । जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।
स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको दु्रत जाँच हुनेछ । सोमबारसम्ममा जिल्लाका १० स्थानीय तहका गरी कूल ९७१ शङ्कास्पद व्यक्तिमा कोरोना जाँच गरिने प्रमुख गुरौले जानकारी दिएका छन् । “हामीले तयारी गरेभन्दा जाँचको सङ्ख्या केही थप हुनसक्ने देखिएको छ”, उनले भने, “जाँच गरिएका कूल सङ्ख्यामध्ये १० प्रतिशतको स्वाबसमेत सङ्कलन गरी कोरोना परीक्षण गरिनेछ ।”
बागलुङ नगरपालिकामा कूल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोनाको दु्रत जाँच हुनेछ ।
“र्यापिड टेस्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, प्रमुख गुरौले भने, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ । किटको प्रयोग गरेर गरिने दु्रत जाँच (र्यापिड टेस्ट) को रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।
यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई दु्रत जाँचसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो । सरकारले दुई सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी दु्रत जाँच गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् ।
दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।
यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । लगातार दुईपटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् । रासस
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



