

-
विराटनगर । प्रदेश नं १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ । बिहीबार प्रदेशका विभिन्न सात स्थानमा ती शय्या थपिएका हुन् । प्रदेश सरकारले निर्माण गरेको कूल २६१ क्वारेन्टाइनमा शय्याको सङ्ख्या अब चार हजार १४८ पुगेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जनाकारी दिए । प्रदेशमा ४८ आइसोलेसन केन्द्रमा ४३२ शय्या रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार बिहीबारसम्म क्वरोन्टाइनमा बस्नेको सङ्ख्या ५२ महिला र ५५० पुरुष गरी ६०२ पुगेको छ । यस अवधिमा पाँच महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा आठ महिला र १४ पुरुष छन् ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । बिहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५८१ महिला र दुई हजार ५३० पुरुष गरी तीन हजार १११ छन् । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन शय्या सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
यसबीचमा प्रदेशमा हालसम्ममा १७८ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १४३ पुरुष छन् । बाँकीको रिपोर्ट आउने क्रममा छ ।
सरकारले जारी गरेको १७ औँ दिनसम्मको लकडाउनलाई आम नागरिक, बुद्धिजीवी, पेशागत सङ्घसङ्गठन, व्यवासायीले उच्च सतर्कता अपनाउँदै पूर्ण पालना गरिरहेको पाइएको छ । लकडाउनको समयमा यस क्षेत्रमा प्रहरी प्रशासनले पनि सरकारको निर्देशनलाई पालना गराउन दिनरात खटिरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनले मानिसमा निकै चेतना आएको भए पनि प्रहरी अझ सक्रिय भएर लककडाउनलाई परिपालना गराउन लागि परेको बताए ।
कोरोना भाइरसका शङ्कास्पद बिरामीको थ्रोट स्वाब नमूना परीक्षण आजदेखि विराटनगरबाट शुरु गरिने भएको छ । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौँबाट आएको आवश्यक रसायन र उपकरणमार्फत कोशी अस्पतालमा शङ्कास्पद बिरामीको नमूना परीक्षण आजदेखि शुरु हुने जानकारी दिए ।
News Desk 0 response शुक्रबार, चैत्र २८, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



