

-
बागलुङ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मङ्गलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन् । पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ ।
हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन”, उनले भने “स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।” पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो ।
मन्त्रालयमा यस विषयमा जानकारी लिँदा बुधबारमात्र किटसहितको प्राविधिक काठमाडौँबाट हिँड्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार भनेको समयमा प्राविधिकसहित किट नआउँदा निर्णय कार्यान्वयनमा झण्डै पाँच दिन लाग्ने भएको छ । अहिलेको अवस्थामा निर्णयहरु तत्काल कार्यान्वयन नहुँदा सङ्क्रमण बढ्न सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । आइतबार र्यापिड टेष्ट गर्ने निर्णयसँगै जिल्लामा प्राविधिक तथा किट पठाइएको मन्त्रालयले जानाए पनि बागलुङमा आजसम्म प्राविधिक टोली आएको खण्डमा निर्णय भएको पाँच दिनपछि मात्रै र्यापिड टेष्ट हुने भएको हो ।
मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै नौ सय र सङ्क्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुत परीक्षण गर्ने सरकारले निर्णय गरे पनि तीन दिनसम्म टोली जिल्लामा नआएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टासम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रुत परीक्षणमा १० देखि १५ मिनेटमै कोरोनाको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिन्छ ।
बागलुङमा अहिले दुईजना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । दुवै सङ्क्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



