

-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै आएको । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।
लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिएका छन् । रेष्टुराँले १८० प्रहरी, कोरोनाको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोरोनासम्बन्धी जानकारी लिन र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ र कोभिडको आशङ्का लागेका बिरामी बोक्न सरकारले तयार पारेको २५ एम्बुलेन्सका चालकलाई खाना खुवाउँदै आएको हो ।
देशमा आइपरेको विपद्का बेला त्यतिकै घरमा बस्नुभन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भावनाका साथ खाना खुवाउँदै आएको सञ्चालक योञ्जनले बताएका छन् । शुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडि बढे पनि लकडाउन बढ्दै गएकाले रेष्टुराँको सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै थपिएमा लकडाउन अवधिभर खाना खुवाउने रेष्टुराँले जनाएको छ ।
डल्लेले सुरक्षाकर्मी र चिकित्सकसहित दुःख र समस्यामा परेकालाई पनि खाना खुवाउँदै आएको छ । डल्लेको हालसम्म नौवटा आउटलेट सञ्चालनमा छ । यसअघि विसं २०७२ को भूकम्पको बेलामा यसले पनि निःशुल्क खाना खुवाएको थियो । रासस
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



