

-
भद्रपुर । झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना बस्दै आएका थिए । अब १३८ जना बाँकी छन् । झापामा भारतलगायत विदेशी मुलुकबाट हालसम्म ५९४ स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको शङ्कामा मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएका सातमध्ये खकारको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका पाँच जना पनि घर फर्किसकेका छन् । दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले बताएका छन् ।
कोरोना रोकथाम रोकथाम, उपचार, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा बसेकामा १४ दिनसम्ममा रोगको कुनै लक्षण नदेखिए घर फर्काउन सकिने बताएका छन् । उनले कोरोना जाँच गर्ने ठाउँ प्रदेश नं १ भरिमा धरानमा मात्र भएको र त्यहाँ एक दिनमा १२ जनाको मात्र जाँच गरिने हुँदा हाल आइसोलेसनमा रहेकाको मात्र जाँच गरिएको जानकारी दिए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वारेन्टाइनको अवधि पूरा गरेर घर फर्किनुअघि कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि हुने गरी उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने बताउँछन् ।
“कोरोना नभएको पुष्टि नगरी क्वारेन्टाइनबाट घर फर्किने अनुमति दिनु परेकोमा ग्लानी भइरहेको छ”, नगरप्रमुख पोखरेलले भने, “धनगढीमा क्वारेन्टाइनबाट फर्किएकी एक महिलामा पोजेटिभ रिपोर्ट आएको खबर आइसकेपछि यस विषयलाई गम्भीर रुपमा लिइनुपर्छ ।”
झापाका सबै स्थानीय तहले पहल गर्ने हो भने कोरोना भाइरस पत्ता लगाउन ल्याव स्थापना गर्न सकिने उल्लेख गर्दै उनले प्रदेश सरकारसँग यस विषयमा ध्यानाकर्षण गराउँदा जाँच्ने किट अभावले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्न नसकिने जवाफ पाइएको बताए । जिल्लाका क्वारेन्टाइनको अनुगमन गरेकाा नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापाले नेपाली सेनाले व्यवस्थापन गरेको कलबलगुडीको क्वारेन्टाइन र मेचीनगरको एउटाबाहेक झापाका अधिकांश क्वारेन्टाइन समस्याग्रस्त भएको बताएका छन् ।
अधिकांश क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण पाउन नसकेको गुनासो सुनाएको उनको भनाइ छ । घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी स्थानीय तहबाटै भइरहेको छ । त्यस्ता व्यक्तिहरु कोरोना सङ्क्रमण भइसकेको तेस्रो मुलुकबाट समेत आएको हुँदा उनीहरुको स्वाब परीक्षण हुनुपर्ने माग गरिन थालेको छ । रासस
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



