

-
बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संङ्क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मतसंम्हार गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो ।
कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । अब यो वायो सेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरी बताउँछन् ।
प्रयोगशालाको सञ्चालनका लागि भवनको मर्मत सम्पन्न भएर मेशिन जडान र मेशिनको गुणस्तर परीक्षणको काम सकिएपछि प्रयोगशालाको काम आज बेलुकासम्म केही नमूना परीक्षण रिपोर्ट निकाल्ने तयारीका साथ काम भइरहेको डा गिरीले जानकारी दिए । उनले भने, सोमबारदेखि प्रयोगशाला पूर्णरुपले सञ्चालनमा आउँछ ।
सोमबारदेखि प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा आयो भने एक व्यक्तिको परीक्षणको नतिजा निकाल्न कम्तीमा एक घण्टा लाग्ने भएकाले जनशक्ति थप गर्न सकिए यन्त्रलाई लगातार ७२ घण्टासम्म सञ्चालन गर्न सकिने उनले जानकारी दिए । ‘लगातार ७२ घण्टा सञ्चालनमा रहेको मेसिनलाई करीब चार घण्टा बन्द गरेर राख्नुपर्ने हुन्छ, डा गिरीले भने, ‘त्यसपछि पुनः त्यसैगरी ७२ घण्टा सञ्चालन गर्न सकिन्छ ।
केन्द्रबाट आएका विज्ञ प्राविधिकले प्रयोगशाला सञ्चालन शुरु गर्ने र संँगै तत्काललाई व्यवस्थापन भएका दुई प्राविधिक जनशक्तिबाट काम चलाइने बताइएको छ । प्रयोगशालाको कामलाई छिटोछरितो बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिने उनले बताए । सरकारले प्रदेश नं ५ मा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालाका लागि विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई प्राविधिकका रुपमा जिम्मेवारी तोकेको छ ।
दाङ र नेपालगञ्जमा पनि
प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेशमा भैरहवासहित दाङ र नेपालगञ्जमा कोरोना भाइरसको प्रयोगशाला स्थापना भएको छ । यस्तै दाङ र नेपालगञ्जमा पनि एक साताभित्र सरकारको निर्णयानुसार कोरोना भाइरसको परीक्षण शुरू हुने भएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवामा प्रयोगशाला सञ्चालन सोमबारसम्म पूर्णरुपले हुने जानकारी दिए । उनले भैरहवाको प्रयोगशाला सञ्चालनमा आएपछि ततकाललाई प्रदेशभरिको नमूना परीक्षणका लागि राजधानी पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताएका छन् । सुरुमा यो प्रयोगशाला संचालन भएपछि दाङ र नेपालगञ्जमा पनि छिट्टै प्रयोगशाला स्थापना गरिने जानकारी उनले दिएका छन् ।
प्रदेश सरकारको निर्णयानुसार दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जमा भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने काम अघि बढेको उनले बताए । नेपालगञ्जमा स्थापना हुने प्रयोगशाला बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीको परीक्षण हुने छ । भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिन जडान गर्ने प्रक्रिया अघि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
अस्पतालको मूल्याङ्कन समितिको शनिबार बसेको वैठकले बोलपत्र दर्ता गर्ने कम्पनीमध्येबाट छनोट गरी कामको जिम्मा दिइएको समितिका संयोजक डा. बद्रि चापागाईले जानकारी दिएका छन् । रासस
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



