

-
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् ।
नोवल कोरोना भाइरस
कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिएकी छिन् ।जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी छिन् ।
संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट पारेकी छिन् ।
लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गर्दै भनेकी छिन्, “आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ”, सन्देशमा भनिएको छ ।
यस विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई आआफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गर्दै राष्ट्रपतिले नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोनाविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने अपेक्षासमेत व्यक्त गरेकी छिन् । विभिन्न देशमा रहनुभएका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि उनले सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरेकी छिन् । साथै कोरोना भाइरसविरुद्ध जुध्न विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई उनले धन्यवाद दिएकी छिन् ।
“पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्याएको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ”, सन्देशमा उल्लेख छ ।
अहोरात्र खट्नेको योगदानको उच्च कदर
रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भए तापनि रोग लागेका खण्डमा बिरामीको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै अहोरात्र खटिरहनुभएकामा योगदानको उच्च कदर गर्दै उहाँहरुप्रति धन्यवाद व्यक्त गर्दछु । यस्तो महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, नर्स, समग्र स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको धैर्यको उच्च सम्मान गर्दै तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ सन्देशमा उल्लेख गरिएको छ ।कोरोनासँगको लडाइँ जितिनेछ
यतिबेला हाम्रो आकाश निर्मल र नीलो देखिएको तर नोवल कोरोनाभाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताएकी छिन् । कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु, सन्देशमा भनिएको छ ।यस महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छिन् । सम्पूर्ण राष्ट्र एक जुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबैको सुस्वास्थ्यको कामना गरेकी छिन् ।
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



