

-
घोराही । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत सङ्कलन गरी बिरामीसम्म पुर्याइनेछ । रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका जानकारीअनुसार बन्दका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो ।
“रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ ।”
यही चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको थियो । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन् । रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत पनि सबै सकिएपछि यो अभियान सञ्चालन गर्नका लागि सबैलाई अपिल गरिएको प्रमुख न्यौपानेले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार भएको बैठकमा रगत अभाव भएको प्रसङ्ग उठेपछि रक्तदान विशेष अभियानको थालनी गरिएको अभियानकर्मी नरेन्द्र केसीले जानकारी दिएका छन् । अभियानको शुरुआतमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले रक्तदानका लागि झण्डै ५० जनाको नामावली तयार पारेको अनेरास्ववियु दाङका संयोजक जङ्ग रोकाले जानकारी दिएका छन् ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको रक्तदान केन्द्रमा जम्मा गरिएको रगतले एउटै अस्पतालका सेवाग्राहीलाई समेत रगत पुर्याउन नसकिएको केन्द्रले बताएको छ । न्यौपानेका अनुसार केन्द्रमा दैनिक १० देखि १५ बिरामीका आफन्तहरु रगत माग्न आउँछन् । मुस्किलले एक–दुई जना बिरामीलाई रगत दिन सकिएको छ । त्यो पनि बिरामीका आफन्तकै रगत झिकेर । दाङ मात्र नभएर रुकुम, रोल्पा, प्यूठान र सल्यानका बिरामीसमेत रगतका लागि दाङ आउने गर्छन् ।
विसं २०५८ मा स्थापना भएको रेडक्रसले स्थापनाकालदेखि हालसम्म रेडक्रस सोसाइटबाट सरदर मासिक चार हजार ५०० युनिटसम्म रगत वितरण गर्ने गरेको छ । स्वास्थ्यका हिसाबले १८ वर्षमाथिका र ६० वर्ष नपुगेका ४५ किलो तौल भएका जुनसुकै व्यक्तिले रक्तदान गर्न सक्ने बताइन्छ । रासस
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



