

-
भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले रु तीन करोडको नगर विपद् कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले रु तीन करोडको उक्त कोष स्थापना गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
नगरपालिकाले आफ्ना नौवटै वडामा वडाध्यक्षको संयोजकत्वमा रु पाँच–पाँच लाखको वडा विपद् कोषसमेत निर्माण गरेको छ । नगरपालिकाले वडामार्फत खाद्यान्न आपूर्ति, राहत व्यवस्थापन तथा वितरण कमिटी गठन गरेर कोरोनालगायतका विपद्बाट पीडितलाई राहत वितरण गरिने उनले जानकारी दिएका छन् । नगरप्रमुख श्रेष्ठका अनुसार नगर क्षेत्रभित्र एकद्वार प्रणालीमार्फत राहतका कार्यक्रम सञ्चालन गर्ने छ ।
त्यसैगरी नगरपालिकाको आकस्मिक बैठकले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण यस क्षेत्रमा फैलन नदिन नगरपालिका क्षेत्रभित्र मनाइने बिस्केटको सम्पूर्ण जात्रा एवं पर्वलाई पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको छ । नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि खटाएर विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरेको छ भने नगरपालिका भित्रका संवेदनशील क्षेत्रमा किटनाशक औषधिहरु छर्किएको छ ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमण रोगको उपचार गर्न सम्पूर्ण तयारी पुरा गरेर २४ सै घण्टा चिकित्सकसहितको स्वास्थ्यकर्मी एवं आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



