

-
भद्रपुर । झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको थियो । दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।
कोरोना पुष्टि नभएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् । प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ ।
अस्पतालमा इमजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ । दिनहुँ २८ जनाभन्दा बढी ज्वरो आएका र रुघा लागेका विरामी अस्पतालको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले बताएका छन् ।
अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को अभाव रहेको छ । शुरुमा ५० वटा पीपीई प्राप्त भएकोमा आधाजसो प्रयोगमा आइसकेको हुँदा फारु गरेर काम चलाइरहेको पौडेलले बताए ।
झापाको १५ स्थानीय तहमा कोरोना भाइरस रोकथामका लागि ३९५ श्यया क्षमताका २० वटा क्वारेन्टाइन चालू अवस्थामा छन् भने नेपाली सेनाले बनाइरहेको १०० श्ययाको एउटा क्वारेन्टाइन अन्तिम चरणमा पुगिसकेको छ । झापाका क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने दुई जना कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसकेपछि होम क्वारेन्टाइनमा गइसकेका छन् ।
News Desk 0 response बुधबार, चैत्र १९, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



