

-
काठमाडौं । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो ।
लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको थियो ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ । टानका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो । काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिएका छन् । त्याहाँबाट नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन् ।
बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको हो । लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको थियो भने नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



