

-
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।
उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।
एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आज पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले बताए । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत डा खनालले जानकारी दिएका छन् ।
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



