

-
मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लाका राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रमुख तामाङले बताए । उनले भने, “नपुग रकम वाग्मती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ ।”
कोषमा स्थानीय तहले बजेट जम्मा गर्नेछन् । बजेट परिचालनसम्बन्धी कार्यविधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ ।
यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगरप्रमुख डम्बर अर्याललाई दिइएको छ । चौतारामा बन्ने आइसोलसनको नेतृत्व सोही नगरका प्रमुख अमानसिंह तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ । बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । बैठकले एकद्वार नीतिद्वारा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । बैठकले सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई दुई कक्षमा विभाजन गर्ने र अपुग भएको खण्डमा सिङ्गल क्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



