

-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गरेकी छिन् । कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उनले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गरेकी छिन् ।
सन्देशमा उनले कोरोना भाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा सबैलाई एकजुट भई अघि बढ्न आग्रह गर्दै उनले सन्देशमा नेपाल सरकारद्वारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिनेसमेत उल्लेख गर्दैै भनेकी छिन्, ‘‘यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तनमनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ । ’’
सन्देशमा उनले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन सङ्घ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाबीच सुदृढ समन्वय कायम हुनुपर्नेमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराएकी छिन् । आजको यस संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोभिड–१९ विरुद्ध सचेतनापूर्वक अग्रसर हुन सम्पूर्ण राजनीतिक दल तथा तिनका भ्रातृ तथा भगिनी सङ्गठन, चेतनाका संवाहक युवा तथा विद्यार्थी समुदाय, कल्याणकारी सङ्घसंस्थालगायत सबैलाई आह्वानसमेत गरेकी छिन् ।
कोरोनाविरुद्ध जुध्नका लागि सम्पूर्ण सुरक्षा संयन्त्र र चिकित्सक एवं स्वास्थ्यकर्मीबाट भइरहेको सत्प्रयासमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छिन् । सन्देशमा उनले यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुक प्रभावित हुनाका साथै चार लाखभन्दा बढी जनामा सङ्क्रमण भई १८ हजारभन्दा बढीको निधन भइसकेकाले संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आआफ्ना ठाउँबाट क्रियाशील हुन आह्वानसमेत गरेकी छिन् ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



