

-
चितवन । भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०/१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट (एचडीयु)को निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यकपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरी अस्पताल शुभारम्भ भएको घोषणा गर्नुभयो ।
सो अवसरमा मन्त्री दुलालले भन्नुभयो, “कोरोना भाइरससँग लड्न सक्षम छौँ भन्ने सन्देश भरतपुरले दिएको छ ।” अहिलेको विसंम परिस्थितिमा आम नेपाली एकजुट भएर चुनौतीलाई परास्त गर्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशमा एक हजार श्ययाको आइसोलेसन र ३०० श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जानकारी उहाँले दिनुभयो । मन्त्री दुलालले वाग्मती प्रदेशको हेटौँडामा मात्रै ५०० श्ययाको क्यारेन्टाइन (निगरानी कक्ष) तयार गर्ने काम भइरहेको बताउनुभयो । सरकारले रोग भित्रिन नदिनका लागि काम गरिरहेको भन्दै उहाँले विमानस्थलदेखि सबै नाकामा जाँचलाई कडाइ गरेको बताउनुभयो ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले जनताको वास्तविक अभिभावकत्व ग्रहण गर्दै छोटो समयमा यो काम सम्पन्न गर्न सकेको बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको परामर्शमा काम भइरहेको भन्दै उहाँले सरोकारवालाको सहयोग र निरन्तर खटाइका कारण अस्पताल निर्माण गर्न सफलता मिलेको बताउनुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुरक्षित औजार उपकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डराएका होइनौँ, डराउँदैनौँ पनि, नडराउँदा पनि भोलि केही भए राज्यले हेर्छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ ।”
भरतपुर महानगरका स्वास्थ्य विज्ञ डा भोजराज अधिकारीले बिरामी सोझै यस अस्पतालमा नआएर पाँच चरण पूरा गरेपछि मात्रै उपचारमा जाने बताउनुभयो । पहिलो चरणमा घरबाटै चिकित्सकसँग टेलिफोनमा परामर्श गर्न अनुरोध गर्दै उहाँले घरबाट सम्भव नभएमा दोस्रो चरणमा स्थानीयस्तरका स्वास्थ्य केन्द्रमा फिवर क्लिनिकमा परीक्षण गर्न आग्रह गर्नुभयो । त्यहाँको परमर्शअनुसार आउनुपर्ने बिरामीलाई कोरोना अस्पतालका मूलद्वारमा नै परीक्षण गरी थप परीक्षण गर्नुपर्ने नदेखिएमा घर पठाइनेछ ।
परीक्षण गर्नुपर्नेलाई अस्पतालको बहिरङ्ग सेवामा पठाइनेछ । त्यहाँ परीक्षणपछि आवश्यक परे मात्रै भर्ना प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । जिल्लाका १० विशेष चिकित्सकको मोबाइल नं सार्वजनिक गरिएको भन्दै उहाँले ती नम्बरमा सम्पर्क गर्न सबैमा आग्रह गर्नुभयो । सकेसम्म सामान्य अवस्थामा अस्पताल नआउन उहाँले सुझाव दिनुभयो ।
अस्पताल सञ्चालन गर्नका लागि भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले आवश्यक श्यया एवं उपकरण उपलब्ध गराएका छन् । निजी अस्पताल समन्वय समितिले प्रयोगशाला र रेडियोलोजी विभागको संयोजन गरिरहेको छ भने उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनले थप आवश्यक सामग्री सहयोग गरिरहेका छन् । नपुग सामग्री भरतपुर महानगरपालिकाले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


