

-
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले कोभिड–१९ को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० श्यया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । बैठकले कोभिड–१९ को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमूना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ । बैठकले कोभिड–१९ को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यकपर्ने अत्यवश्यक सामग्रीको स्वास्थ्य सेवा विभागले सूची तयार परी परिमाणसमेत उल्लेख गरी उक्त सामग्री उपलब्ध गराउन नेपालमा रहेको चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी कोभिड–१९ को शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नमूना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नमूना पठाउँदा पुर्याउनुपर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिलाई स्थानीय व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ । कोभिड–१९ को नमूना परीक्षण गर्न योग्य ठहरिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई तत्काल परीक्षण शुरु गर्नसमेत निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयले कोभिड–१९ शङ्का वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नमूना परीक्षण मिलाउनसमेत अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले यसअघि १०० भन्दा बढी श्यया भएका अस्पताललाई ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशनसमेत अनुगमन गर्ने भएको छ । मन्त्रालयले कुनै अस्तपालमा कोभिड–१९ को शङ्कास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नमूना सङ्कलन गर्ने तथा नमूना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाइ तोकिएको अस्पतालमा प्रेषण गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ ।
कोभिड–१९ बाट सङ्क्रमित कुनै बिरामी सघन उपचार कक्षमा रहेको अवस्थामा निजलाई डाइलासिससमेत आवश्यकपर्ने भएकाले कम्तीमा एक वटा डाइलासिस उपकरण र आवश्यक जनशक्ति वीर अस्पतालले तत्काल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई पठाउने निर्णयसमेत गरेको छ । कोभिड–१९ को शङ्का लागि अस्पतालमा आइसोलेसनमा राखिएका बिरामी तथा निजका आफन्तले आइसोलेसनमा नराख्न तथा तत्काल घर पठाउन अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकलाई दबाब दिने हुँदा उक्त अस्पतालमा सुरक्षा चुनौती हुने सक्ने भएकाले त्यस्तो अस्पतालमा सुरक्षाको प्रबन्ध मिलाउने गृह मन्त्रालयलाई अनुरोधसमेत गरेको छ ।
स्वास्थ्यकर्मीलाई अस्पतालमा आवासको व्यवस्था
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६
मन्त्रालयले कोभिड–१९ को उपचारमा संलग्न कर्मचारीलाई अस्पतालमा नै आवासको व्यवस्था मिलाउने निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । कोभिड–१९ को शङ्कास्पद बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा घरमा रहेका वृद्धवृद्धा तथा केटाकेटीमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीले चाहेमा निजलाई सम्बन्धित अस्पतालमा छुट्टै आवासको व्यवस्था मिलाउनेसमेत अस्पताललाई निर्देशन दिइएको हो । रासस

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



