

-
काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ ।
नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम धुलिखेलदेखि पनौतीसम्म एक हजार ३०० व्यक्तिमार्फत पर्यटन वर्षको प्रचारप्रसार तथा ऐतिहासिक स्थानको अवलोकनसहितको पदयात्रा कोरोना भाइरसको सम्भावित जोखिमका कारण स्थगन गरिएको गणले जनाएको छ । जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन, रोगबाट बच्न नागरिकलाई सुरक्षित रहन र भेला, सभा, सम्मलेन तथा गोष्ठी नगर्न आग्रह गरेको छ । साथै विवाह, व्रतबन्ध, सूर्यदर्शनजस्ता धार्मिक सांस्कृतिक कार्यक्रममा समेत कम सहभागी हुनसमेत अनुरोध गरिएको छ ।
बनेपा नगरमा आजदेखि चैत २ गतेसम्म आयोजित बृहत् घरेलु उद्योग महोत्सव स्थगन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको आकस्मिक बैठकले महोत्सव स्थगन गर्ने निर्णय गरेको हो । समितिले अर्को निर्णय नहुँदासम्म जिल्लामा ठूला जमघट हुने विद्यालय तथा कलेजका वार्षिकोत्सवलगायत कुनै पनि मेला, महोत्सवजस्ता भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले बताउनुभयो ।
जिल्लामा रहेका अस्पताललाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । नजिकिँदो फागु पूर्णिमा (होली)मा समेत समूह बनाई लोला तथा रङ मिसिएको पानी प्रयोग नगर्न जिल्लावासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेका छौँ ।”
यसैबीच धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘आइसोलेसन वार्ड’ सञ्चालनमा ल्याइने भएको छ । कोरोना भाइरस सङ्क्रमण देखिनसकिएको भए पनि दुवै अस्पतालमा पाँच/पाँच श्ययाको वार्ड व्यवस्थित गरी पूर्वतयारी गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले बताउनुभयो । उहाँका अनुसार कार्यालयमार्फत स्थानीय तहस्थित स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको विभागको स्पष्टोक्ति
सोमवार, असार २९, २०८३-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



