

-
काठमाडौं : निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ । आयोगको हिजो बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।
महाधिवेशन सम्पन्न भएपछि गएको कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज तथा समसामयिक राजनीतिक निर्णयहरूसहितको कागजात निर्वाचन आयोगमा पेश गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी वा कार्यसमिति हेरफेर गरेपछि आयोगमा जानकारी गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यही प्रक्रिया र कागजातका आधारमा दल दर्ता किताबमा पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक गरेको आयोगले जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


