• काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।

    नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको हो । सुनुवाइपछि सभापति बोधनारायण श्रेष्ठले गिरीको नाम अस्वीकृत भएको घोषणा गरेका थिए ।