

-
काठमाडौं : दशैंतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच बिहीबार (असोज २२) भएको छलफलमा सरकारले स्वीकृत गरेको भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरिएको हो ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण र सोहीअनुसार सम्बन्धित वायुसेवा कम्पनीका भाडादर सार्वजनिक गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।
चाडपर्वको समयमा आन्तरिक हवाई यात्रुको चाप अत्यधिक बढ्ने र त्यसको फाइदा उठाउँदै वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको थियो । सोही गुनासोका आधारमा प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा महानिर्देशक र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल गरिएको हो ।
प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई बिहीबार भएको सहमति अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै, सहमतिअनुसारको भाडादर आफ्ना टिकट बिक्री तथा वितरणका माध्यममा सार्वजनिक गर्न समेत भनिएको छ ।
यात्रुले सहज रूपमा टिकटको मूल्यबारे जानकारी पाउने र स्वीकृत दरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सहमति कार्यान्वयनमा जोड दिइएको प्राधिकरणले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज २२, २०८३

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


