• सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

    सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाही गर्न मन्त्रालयमा सिफारिस गरेको थियो।

    मन्त्रालयले उक्त आरोपमाथि जाँचबुझ गर्न २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ।

    गृह मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी र विश्लेषण भइरहेको जनाएको छ।