

-
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई घरमा सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले प्रहरी कार्यालयमा राखेको छ।
नेपाल प्रहरीका अनुसार जबरालाई लक्षित गरी केही जेनजी समूहबाट आक्रमण हुनसक्ने गोप्य सूचना प्राप्त भएपछि सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा ल्याइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको हो।
जबरालाई रातारात नियन्त्रणमा लिनुको कारणबारे अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण कार्यालयमा ल्याइएको बताएका छन्।
‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौँ,’ खड्काले भनेका छन्।
प्रहरी टोली निवासमा पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर आफूलाई प्रहरीले लैजान लागेको जानकारी गराएका थिए। प्रभुशम्शेरले पनि प्रहरीहरूले ‘जेनजीहरूबाट थ्रेट छ’ भन्दै दाइलाई लिएर गएको बताएका छन्।
प्रभुशम्शेरका अनुसार जबरालाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। उनीनिकट स्रोतका अनुसार प्रहरीले जबरालाई भेट्नसमेत अनुमति दिएको छैन। जबराका छोरा भने उनलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेका छन्।
जबरालाई पक्राउ गरिएको भनिए पनि प्रहरीले उनीमाथि कुन कसुरमा अनुसन्धान वा कारबाही अघि बढाइएको हो भन्नेबारे औपचारिक रूपमा स्पष्ट पारेको छैन। केही सञ्चारमाध्यमले पनि सुरुमा उनलाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको पुष्टि गरेका थिए।
News Desk 0 response आइतवार, अशोज ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



