

-
काठमाडौं : करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा। घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो ।
यस पटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर उपहारका विजेता बनेका छन् ।
साउनको १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन् । १६ दिनका १–१ जना गरी १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन् । यो १६ दिनमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल दर्ता भएका छन् ।
साउनको पहिलो १५ दिनमा यस्तो बिल ७ हजार ७७ वटा मात्रै दर्ता भएको थियो । यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढेको छ । यस्तो कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।
विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन् । उपहारमा २५ प्रतिशत कर काटिन्छ ।
News Desk 0 response सोमवार, भदौ १, २०८३

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



