

-
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले वर्षौंदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका नेपालका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा क्रमिक सुधार देखिन थालेको बताएका छन् ।
इमान्दारिता, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण चुनौतीपूर्ण अवस्थामा पनि यी संस्थानहरू पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह भन्छन्, “वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ ९जीएमपी० मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा कम्पनी तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।”
उनका अनुसार सरकारले आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा यस वर्ष मात्र ३७ प्रकारका औषधि उत्पादन गर्ने तयारी भइरहेको छ ।
बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको उनले बताएका छन् ।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उनले बताएका छन् । अघिल्लो वर्षको तुलनामा यो एक अर्ब १० करोड रुपैयाँले बढी हो ।
निगमको सिट उपयोगिता ९अकुपेन्सी० ८६ प्रतिशत पुगेको छ भने यस अवधिमा जहाज खरिदको ऋणबापत एक अर्ब ६ करोड रुपैयाँ किस्ता समेत भुक्तानी गरिएको प्रधानमन्त्री बालेनले बताएका छन् ।
दुग्ध विकास संस्थानले किसानहरूको बक्यौता भुक्तानी चक्रलाई ८ महिनाबाट घटाएर २–३ महिनामा झारेको उनको दाबी छ । संस्थानको दैनिक राजस्व संकलन ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ । अनावश्यक कर्मचारी सुविधा कटौती गरी वार्षिक झण्डै तीन करोड रुपैयाँ बचत गरिएको भन्दै उनले खाडी मुलुक र चीनमा घ्यू, बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ बराबरको आयुर्वेदिक औषधिको कारोबार गरेको उनले बताएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो । हाल १०५ प्रकारका औषधि उत्पादन भइरहेकोमा यस वर्ष १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य छ ।
News Desk 0 response शनिबार, साउन २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



