

-
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिएका उनको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शाहबुद्दिनले पदबाट राजीनामा दिएकी हुन् । शाहबुद्दिन हसिनाका पूर्वसहयोगी थिए।
सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शाहबुद्दिनले सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हालेका थिए ।
बङ्गलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलङ्कारिक प्रकृतिको हुन्छ, कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित हुन्छ ।
बङ्गलादेशको समाचार साइट ‘ढाका ट्रिब्युन’ का अनुसार शाहबुद्दिनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दिन अहमदले आज बेलुकाका लागि आपत्कालीन पत्रकार सम्मेलन बोलाएका छन्।
बङ्गलादेशको संविधानबमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
News Desk 0 response शुक्रबार, साउन ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



