• पूर्णस्तरीय युद्ध सुरु भएयता युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ । युक्रेनले रुसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झन्डै २०० वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन् । रुसी रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा युक्रेनले प्रहार गरेका झन्डै १ हजार ड्रोन र क्रुज मिसाइल खसालेको बताएको छ ।

    यही समयमा दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एक जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

    यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब युद्ध अन्त्य गर्ने समय आएको र रुसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । उनले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रुस पनि जल्ने चेतावनी दिए।

    सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच पूर्णस्तरको युद्ध सुरू भएको थियो ।