

-
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि भेट्न गरेको प्रस्तावलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्।
जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै हाल आ-आप्नो नियन्त्रणमा रहेको सीमालाई मान्ने गरी युद्ध अन्त्य गर्नका लागि भेट्न आग्रह गरेका थिए।
सो आग्रहलाई पुटिनले ठाडै अस्वीकार गरेका छन्।
रुसको अर्थव्यवस्था संकटमा रहेको र युद्ध मैदानमा सीमित उपलब्धिको तुलनामा उसको सैन्य क्षति बढ्दै गइरहेको भन्दै जेलेन्स्कीले युद्ध अन्त्य गर्नु पुटिनकै हितमा रहेको जिकिर गरेका थिए।
‘रुसप्रति थकाइ र असन्तुष्टि बढ्दै गइरहेको छ। विश्वका ती देशहरू माझ पनि जसले तपाईंलाई प्रतिबन्धहरू छल्न र तपाईंको अर्थव्यवस्थालाई टिकाइराख्न मद्दत गरिरहेका छन्। २६ वर्षसम्म सत्तामा रहेपछि अब उमेरको असर देखिन थालेको छ। र समयसँगै, तपाईंप्रतिको यो असन्तुष्टि अझ बढ्दै जानेछ,’ जेलेन्स्कीले पत्रमा लेखेका थिए।
जेलेन्स्कीले पत्रमा आफ्नो उमेरको कुरा उठाएकोमा पनि ७३ वर्षीय पुटिनले आपत्ति जनाएका छन्।
‘मैले पत्र सरसरती हेरेँ। यस पत्रका लेखकले मेरो उमेरको उल्लेख गरेका छन्। केही विश्व नेताहरू मभन्दा पनि जेठा छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईं आफ्नो काम राम्ररी गर्न सक्नुहुन्छ कि हुन्न भन्ने हो,’ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा भएको एक छलफलका क्रममा पुटिनले भने।
पुटिनले आफूले बैठकलाई कहिल्यै अस्वीकार नगरेको तर त्यसका लागि पहिले उचित व्यवस्था हुनुपर्ने बताए।
उनले गत वर्ष अमेरिकाको अलास्का राज्यको एन्करेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिलाई यसको आधार मान्नुपर्ने संकेत गरे।
सो बैठकमा ट्रम्पले युद्ध रोक्नका लागि डोनबास क्षेत्रको हाल रूसको नियन्त्रणमा नरहेको भाग पनि युक्रेनले छाड्नुपर्ने कुरामा सहमति जनाएको बताइएको थियो।
‘हामीले सुनेका छौँ कि तपाईंलाई अलास्कामा युक्रेन र युरोपसँग सम्बन्धित केही मुद्दाहरूको समाधान गर्ने आश्वासन दिइएको थियो। तर तपाईं देख्न सक्नुहुन्छ कि युक्रेनी र युरोपेली मुद्दाहरूको निर्णय एन्कोरेजमा हुँदैन,’ जेलेन्स्कीले आफ्नो पत्रमा उल्लेख गरेका थिए।
रुसी आक्रमण रोक्नका लागि हाल युक्रेन मात्र बैठक गर्न इच्छुक रहेको पनि पुटिनले दाबी गरेका छन्। उनले युक्रेनमा रहेका आफ्ना सैनिकहरूलाई प्रोत्साहित गर्दै भने-भाइहरू हो, आफ्नो काम जारी राख।
रुसी नेताको जबाफमाथि प्रतिक्रिया दिँदै जेलेन्स्कीले अर्को विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘दुर्भाग्यवश, रुसले पुनस् युद्ध नै रोजेको छ। उनी यो युद्ध अन्त्य गर्न नै चाहँदैनन्। यो फितलो प्रतिक्रियाबाट धेरै मानिस निराश हुनेछन्। त्यसैले यसको अर्थ रुससँग पैसा कम हुनुपर्छ र उसमाथि दबाब बढी हुनुपर्छ।’
News Desk 0 response आइतवार, जेष्ठ २४, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



