

-
काठमाडौं : सरकारले आयकरको सीमा बढाएर १० लाख पुर्याएसँगै तल्लोदेखि उच्च सरकारी कर्मचारीहरुले आयकर तिर्नु नपर्ने भएसँगै सरकारी कर्मचारीका हाकिमहरु अहिले हाइसन्चो भएको छ । यसअघि बार्षिक ६ लाखको सीमा हुँदा उपसचिव र सो भन्दा माथिका कर्मचारीहरुले आयकर तिर्नै पर्दथ्यो ।
आर्थिक विधेयक २०८३ अनुसार अब १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत मात्र कर तिरे पुग्नेछ । सरकारी कर्मचारीले वर्षमा १३ महिनाको तलब बुझ्छन् । त्यसो हुँदा वार्षिक १० लाखसम्म रोजगारीको आय पुग्न मासिक पारिश्रमिक ७७ हजार रुपैयाँ हुनुपर्छ ।
सरकारले वृद्धि गरेको तलवमान अनुसार ग्रेडबाहेक कार्यालय सहयोगीको ३८ हजार ४०९ रुपैयाँ र मूख्यसचिवको ९८ हजार ४२५ रुपैयाँ मासिक पारिश्रमिक पुग्छ । जुन तोकिएको करयोग्य आय भन्दा केही मात्र माथि हो ।
तर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतमा जम्मा गरेको रकम र बीमाको प्रिमियम तिरेको रकम करयोग्य आयबाट घटाउन पाइन्छ । कर्मचारीले संचयकोष र नागरिक लगानी कोषमा गरी ३३ प्रतिशतसम्म बचत गर्न सक्छन् । यसरी बचतका लागि कट्टा हुने आयमा कर लाग्दैन ।
यसबाहेक सरकारले बीमाको प्रिमियममा समेत करयोग्य आय घटाउन सक्नेगरी छूट सुविधा दिएको छ । यस सुविधालाई हिसाव गर्दा अधिकांश सरकारी कर्मचारी आयकर तिर्नबाट उम्किने देखिएको छ ।
‘पारिश्रमिकमा ग्रेड जोडिँदा कुनै कुनै कर्मचारीको तल्लो स्ल्याव नाघ्ला,’ एक चार्टर्ड एकाउन्टेन्ट भन्छन्, त्यो निकै कम रकम र थोरै कर्मचारीको हकमा मात्र हुनेछ ।’ यस पटक सरकारले मध्यम वर्गको हितलाई भन्दै आयकरको तल्लो सीमा मात्र बढाएको छैन, कर्मचारीको तलब वृद्धि गरी एकसाथ ठूलो राहत सरकारी कर्मचारीलाई दिएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



