

-
काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् ।
महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविरामको समय थप गर्ने घोषणा गरेका थिए ।
यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन्। उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद पनि दिएका छन् ।
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनको भनाइ छ ।
News Desk 0 response बिहिबार, बैशाख १०, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



