

-
काठमाडौं : सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा सरुवा गर्ने तयारी गरिएपछि वर्षौंदेखि ‘जमेर’ बसेकाहरुमा आतंकको वातावरण सृजना भएको छ भने अन्य कर्मचारीहरु भने नयाँ सरुवाप्रति उत्सुक देखिएका छन् ।
स्रोतकाअनुसार प्रधानमन्त्री शाहले दुई दिन अघि सामान्य प्रशासन मन्त्रालयलाई चैत्र अन्तिमसम्म ९अर्थात् आज साँझसम्म० सिंहदरवार भित्रका कर्मचारीहरुको दरवन्दीसहितको विवरण उपलब्ध निर्देशन दिएका थिए । त्यहीअनुसार मन्त्रालयहरुले हतार हतार विवरण उपलब्ध गराइरहेको बताइएको छ ।
स्रोतकाअनुसार सिंहदरबार भित्रका मन्त्रालय र निकायहरुमा कतिपय कर्मचारीहरु सोर्सफोर्सको आधारमा वर्षौंदेखि एउटै कार्यालयमा कार्यरत रहेको गुनासो बढेपछि प्रधानमन्त्रीले ‘एक्सन’ लिन लागेका हुन् । ‘बढुवाको लागि अतिरिक्त नम्बर पाउने मनसायले दुर्गम क्षेत्रमा दरवन्दी कायम गर्ने तर सरुवा मिलाएर सिंहदरवा वा वरपरका कार्यालयमा वर्षौंदेखि धाक जमाएर बस्ने कर्मचारीहरुलाई सकेसम्म दुर्गम स्थानमा सरुवा गरिनेछ भन्ने सुनेका छौं, हेरौं के हुन्छ रु’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले मेरो लगानीसँग भने ।
प्रधानमन्त्री आफैले आफ्नै कार्यालयसहितका सबै मन्त्रालय र सिंहदरवार भित्र रहेका अन्य कार्यालयका कर्मचारीहरुको नियुक्ति र सरुवा, बढुवाको समेत विवरण माग गरेपछि सरुवा, बढुवामा भैरहेका वेथिति रोकिने हो कि भन्ने आशा जगाएको कर्मचारीहरु बताउंछन् ।
News Desk 0 response सोमवार, चैत्र ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



