• इरान र अमेरिकाबीच भइरहेको युद्ध रोक्न प्रयास गरिरहेका मध्यस्थकर्ताहरूले युद्ध रोक्ने योजना इरान र अमेरिका दुवै पक्षलाई उपलब्ध गराएका छन् । पाकिस्तानको नेतृत्वमा इजिप्ट र टर्किएका मध्यस्थकर्ताहरू रहेको टोलीले बनाएको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था एपीकाअनुसार यो योजना सफल भएमा तत्काल युद्धविराम लागू भई विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन हुनेछ ।

    ४५ दिने युद्धविरामसहितको प्रस्तावले मध्यपूर्वमा चलिरहेको इजराल–अमेरिका र इरानबीचको द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । यद्दपि दुवै पक्षबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

    इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टीविना युद्ध रोक्न अस्वीकार गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो समयसीमाभित्र हर्मुज जलमार्ग पुनः नखोले कडा पूर्वाधार आक्रमण गर्ने चेतावनी दिएका छन् ।