

-
मध्यपूर्वमा अहिले ५० हजारभन्दा धेरै अमेरिकी सेना तैनाथ भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एक महिनादेखि चलिरहेको युद्धमा अर्को कदम चाल्ने निर्णय गर्दा ५० हजारभन्दा धेरै सैनिक तैनाथ भएका ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ ।
यो सङ्ख्या सामान्यभन्दा झन्डै १० हजारले धेरै हो । २० वर्षपछि पहिलो पटक मध्यपूर्व क्षेत्रमा ५० हजारभन्दा धेरै अमेरिकी सैनिक तैनाथ भएका खबरमा उल्लेख छ । बीबीसी र न्यूजनेसनका रिपोर्टहरूकाअनुसार झन्डै ३ हजार ५ सय नाविक र मरीनहरू भर्खरै ‘यूएसएस त्रिपोली’ पानीजहाजमार्फत यस क्षेत्रमा आइपुगेका छन् ।
‘यूएसएस त्रिपोली’ ले मरिन सैनिक, हेलिकोप्टर र एफ–३५बी जस्ता लडाकु विमान बोक्न सक्छ । अमेरिकी सेना बहराइन, कुवेत, कतार र साउदी अरेबियाका प्रमुखसहित कम्तीमा १९ ठाउँमा तैनाथ छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दाबी गर्नुभएको छ । उहाँले इरानको तेल लिन खार्ग टापु कब्जा गर्न सक्ने बताउनुभएको हो । मध्यपूर्वमा तनाव कायमै रहँदा तेलको भाउ फेरि बढेको छ ।
तेलको भाउ बढेर प्रतिब्यारेल ११५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । गएको फेब्रुअरी २८ तारिखअघि तेलको भाउ प्रतिब्यारेल ७२ डलरमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि तेलको भाउमा उतारचढाव भइरहेको छ ।
News Desk 0 response सोमवार, चैत्र १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



