

-
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्याङ्कन गरेको छ ।
आयोगले आज काठमाण्डौमा आयोजना गरेको जलपान समारोहमा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि मतदान केन्द्रमा झै–झगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल चुनावका रूपमा व्याख्या गरे । उनले चुनाव अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको संयमको प्रशंसा गरे ।
भण्डारीले भने, ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण रूपले चुनाव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाहरूबाट पनि यो चुनावको प्रशंसासहित मूल्याङ्कन गरिएका प्रतिवेदन प्राप्त भएका छन् । नवयुवा आन्दोलनको ६ महिनाभित्रै चुनाव सम्पन्न हुनुलाई विश्व समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएको छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यावाद ज्ञापन गरे।
News Desk 0 response बुधबार, चैत्र ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



