

-
काठमाडौं : नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली शान्ति सेनामाथि आक्रमण भएको भए पनि सैनिकहरु भने सुरक्षित रहेको जानकारी दिए । उनले सेनाको शिविरमा आक्रमण भएको बताउँदै आक्रमणबाट नेपाली सैनिक बस्ने घरमा सामान्य क्षति भएको बताए । आक्रमणमा मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
‘नेपाली शान्ति सैनिक अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेका छन्, आक्रमणबाट सैनिक बस्ने घरमा सामान्य क्षति भएको छ, मानवीय क्षति भने भएको छैन’ प्रवक्ता बस्नेतले रातोपाटीसँगको कुराकानीमा बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शुक्रबार लेबनानको मेस अलजाबेलस्थित ब्लु लाइन नजिकै युएनमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको खबर प्रसारण गरेका थिए ।
अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ ।
सर्वोच्च नेता खामेनीको हत्या भएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबनानबाट इजरायलमा हवाई आक्रमण गरिरहेको छ । नेपाली शान्ति सैनिक माथिको आक्रमणबारे इजरायली सेनाले भने प्रतिक्रिया दिएको छैन ।
News Desk 0 response शनिबार, फाल्गुन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



