• काठमाडौं : फ्लाई दुबईले आज राति दुबई–काठमाण्डौ–दुबई मार्गमा उडान सञ्चालन गर्ने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिवार अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक हुनेछ । यो उडानमा तेस्रो देशमा जानका लागि ट्रान्जिट प्रयोग गर्नेहरूका लागि भने अनुमति छैन ।

    सामान्य दिनमा फ्लाई दुबईले दैनिक तीन वटा उडान नेपालमा गर्छ । मध्यपूर्वमा तनाव बढेपछि नौ वटा देशले उडान रोकेका थिए । पाँच दिनमा खाडीका लागि सात वटा वायुसेवाका झन्डै ७० उडान रद्द भएका छन्