

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आठ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको जानकारी गराएका छन् । अमेरिकी संसद् कङ्ग्रेसमा वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै ट्रम्पले नयाँ साझेदार भेनेजुएलाबाट तेल पाएको बताउनुभएको बीबीसीले जनाएको छ । उनले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा धेरैले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्याए ।
अमेरिकाले विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेपछि भेनेजुएलाको तेल अमेरिकामा भित्रन थालेको हो । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने सङ्केत पनि दिएको छ ।
यस्तै ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वमा आफूले हस्तक्षेप नगरेको भए त्यहाँ आणविक युद्ध हुने र साढे तीन करोड मानिस मारिने बताएका छन् । आफ्नो कार्यकालको १० महिनामा आठ युद्ध समाप्त गरेको दाबी गर्दै ट्रम्पले भारत र पाकिस्तानको युद्ध रोक्नु ठूलो मानवीय जीवको सुरक्षा भएको बताएको बीबीसीले जनाएको छ ।
आफ्नो अहिलेसम्मकै लामो एक घण्टा ५० मिनेटको भाषणमा ट्रम्पले अमेरिका पहिलेभन्दा ठूलो, राम्रो, धनी र बलियो भएको दाबी गरे।
News Desk 0 response बुधबार, फाल्गुन १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



