• काठमाडौं : पोखराबाट काठमाडौंका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।

    ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।

    सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।