

-
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जाने निर्णय तत्काल उपयुक्त नहुने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी भिडियो सन्देशमा उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान राजनीतिक अस्थिरता र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने बताए ।उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया हो, तर अहिलेको अवस्थालाई ध्यानमा राख्दै पहिला राष्ट्रिय समस्याहरू समाधान गर्नु आवश्यक छ।’ उनका अनुसार, चुनावपछि खिचातानी र द्वन्द्व उत्पन्न नहोस् भनेर समझदारीपूर्वक अघि बढ्नु मुलुकको हितमा हुनेछ।
यस्तै उनले कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्ने बताउँदै जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्ने बताए ।
पूर्वराजाले अहिलेको परिस्थितिमा नागरिकहरूले अधिकार मात्र खोज्ने र कर्तव्यवोध नदेखाउने प्रवृत्ति दुखद् रहेको बताएका छन्। ‘आलोपालो भाग लगाएर खाऔँ भन्ने सोचले होइन, मिलेर काम गर्ने दृष्टिकोणले मुलुकलाई नयाँ गति दिन सकिन्छ,’ उनले भने ।
उनले नागरिक सचेत र जागरुक नभएसम्म प्रजातन्त्र बलियो नहुनेमा पनि जोड दिएका छन्। सिंगो मुलुक अहिले अस्वाभाविक छटपटी, अन्योल र अस्तित्व संकटको सामना गरिरहेको र आम नेपालीले त्यसको अनुभव गरिरहेको पूर्वराजाले बताए।
यस्तै उनले विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको समेत बताए ।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



