

-
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएसँगै दुई देशबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै भारतीय सामानमा लगाइँदै आएको कर ९ट्यारिफ० २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने बताएका छन्।
यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भारतले रुसी तेल खरिद बन्द गर्ने निर्णय लिनु हो। ट्रम्पका अनुसार प्रधानमन्त्री मोदी रुसी तेलको विकल्पमा अमेरिकासँग बढी तेल खरिद गर्न र सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल आयात गर्न सहमत भएका छन्। रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले दिल्लीमाथि लगाएको अतिरिक्त २५ प्रतिशत जरिवाना कर पनि अब हट्नेछ।
५०० अर्ब डलरभन्दा बढीको अमेरिकी सामान किन्ने प्रतिबद्धता
प्रधानमन्त्री मोदीको आग्रहमा ट्रम्पले तत्कालै यो व्यापारिक सम्झौतालाई अगाडि बढाएका हुन्। सम्झौताअनुसार भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका ५०० अर्ब डलरभन्दा बढी मूल्यका सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै, भारतले आफ्ना व्यापारिक अवरोधहरूलाई शून्यमा झार्ने आश्वासन समेत दिएको छ।गएको अगस्टमा ट्रम्प प्रशासनले भारतीय सामानमा ५० प्रतिशतसम्म कर वृद्धि गरेपछि दुई देशबिचको व्यापारिक सम्बन्धमा चिसोपन आएको थियो। सोही कारण भारतले युरोपेली युनियनसँग पनि हालै मात्र ऐतिहासिक व्यापारिक सम्झौता गरेको थियो। अहिले अमेरिकासँग भएको यो नयाँ सहमतिले दक्षिण एसियाली बजारमा अमेरिकाको पकड पुनः बलियो बनाउने देखिएको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै यो सम्झौताले दुवै देशका जनतालाई फाइदा पुग्ने र अवसरका ढोकाहरू खुल्ने बताएका छन्। उनले १ अर्ब ४० करोड भारतीय जनताका तर्फबाट ट्रम्पको यो घोषणालाई स्वागत गरेका छन्।
यद्यपि, अमेरिकाभित्रै भने साना व्यवसायीहरूको समूह ‘वी पे द ट्यारिफ’ ले यसको आलोचना गरेको छ। उनीहरूका अनुसार ट्रम्पको नीति अघि भारतबाट आउने सामानमा औसत २।५ प्रतिशत मात्र कर थियो, तर अहिले १८ प्रतिशतमा कर झार्नुलाई पनि उनीहरूले स्थायी कर वृद्धिकै रूपमा हेरेका छन्। ट्रम्पको यो घोषणासँगै अमेरिकी शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ।
News Desk 0 response मङ्लबार, माघ २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



