

-
रूस–युक्रेन युद्ध भएको चार वर्ष पुग्न लाग्दा दुवै देशले ठूलो संख्यामा सैन्य शक्ति गुमाएका छन्।
सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरू भएयता दुवै मुलुकले १८ लाख सैन्य क्षति ब्यहोरेको भनेर वासिङ्टनस्थित थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस)को नयाँ अध्ययनले देखाएको छ।
यो आँकडामा दुवै देशको मृत्यु भएको, घाइते र बेपत्ता भएका सैनिकहरूको संख्या जोडिएको छ।
यसमा रूसको मात्रै १२ लाख सेना मृत्यु, घाइते वा बेपत्ता भएको भनेर सिएसआइएसको तथ्यांकले देखाएको छ। युक्रेनले ६ हजार हाराहारीमा क्षति ब्यहोरेको छ।
दुई देशबीचको तनाव यही ढंगले अघि बढिरहे आगामी बसन्त यामसम्म क्षतिको आँकडा २० लाख पुग्ने आकलन छ।
सीएसआईएसले रूसी सेनातर्फ २ लाख ७५ हजारदेखि ३ लाख २५ हजार सैनिकको मृत्यु भएको अनुमान गरेको छ। युक्रेनतर्फ १ लाखदेखि १ लाख ४० हजार सैनिक मारिएको बताइएको छ।
यो आँकडा दोस्रो विश्वयुद्धयताकै ठूलो सैन्य क्षति रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्धमा यति ठूलो क्षति हुँदाहुँदै पनि रूसले सीमित मात्र भू–भाग कब्जा गर्न सकेको प्रतिवेदनमा उल्लेख छ।
सीएसआईएसका अनुसार सन् २०२२ यता रूसले युक्रेनको भूमि जम्मा १२ प्रतिशत मात्र थप नियन्त्रणमा लिएको छ। पछिल्ला दुई वर्षमा त यो वृद्धि १।५ प्रतिशतभन्दा कम रहेको जनाइएको छ।
न्यूयोर्क टाइम्सले लेखेअनुसार कतिपय क्षेत्रमा रूसी सेना दिनमा ५० देखि २३० फिट मात्रै अगाडि बढ्न सकेको छ। यो गति पहिलो विश्वयुद्धको ‘ब्याटल अफ सोम’ जस्ता ऐतिहासिक युद्ध अभियानभन्दा पनि सुस्त रहेको सीएसआईएसको तुलना छ।
युद्ध मैदानमा युक्रेन रक्षात्मक अवस्थामा रहे पनि उसले ‘डिफेन्स–इन–डेप्थ’ रणनीतिका कारण रूसलाई रोक्न सफल भएको प्रतिवेदनले जनाएको छ।
सीएनएनका अनुसार खाइँ, ट्यांक अवरोध, बारूदी सुरुङ, ड्रोन र तोपखानाको संयोजनले रूसी अग्रगमन रोकिएको छ।
युद्धक्षतिको अनुपात पनि युक्रेनको पक्षमा २ वा २।५ गुणासम्म रहेको प्रतिवेदनमा उल्लेख छ।
एबीसी न्युजका अनुसार रूस र युक्रेन दुवैले आधिकारिक क्षतिको नियमित विवरण सार्वजनिक गर्दैनन्।
रूसले अहिलेसम्म करिब ६ हजार सैनिकको मृत्यु मात्र औपचारिक रूपमा स्वीकार गरेको छ। यसलाई स्वतन्त्र विश्लेषकहरूले अविश्वसनीय भनेका छन्।
सीएसआईएसका अनुसार रूसले उच्च क्षति पूर्ति गर्न पहिलो पटक दोस्रो विश्वयुद्धपछि व्यापक भर्ती अभियान चलाएको छ।
कैदी र ऋणीहरूलाई सेनामा भर्ना गरिएको र ठूलो आर्थिक प्रोत्साहन दिइएको जनाइएको छ।
साथै, उत्तर कोरियाका करिब १५ हजार सैनिक पनि रूसी पक्षमा लडेका छन्, जसमा सयौं मारिएको दक्षिण कोरियाली गुप्तचर स्रोतको अनुमान छ।
युद्धले रूसी अर्थतन्त्रमा पनि गम्भीर असर पारेको प्रतिवेदनको निष्कर्ष छ।
सिएनएनका अनुसार सन् २०२५ मा रूसी आर्थिक वृद्धिदर ०।६ प्रतिशतमा सीमित भएको छ। उत्पादन घट्दो छ, श्रम अभाव छ र विश्वका शीर्ष १०० प्रविधि कम्पनीमध्ये एउटामा पनि रूसी कम्पनी छैन।
सीएसआईएसका लेखक सेथ जी। जोन्सले न्यूयोर्क टाइम्सलाई भनेका छन्, ुयुक्रेनमा कमजोर सैन्य प्रदर्शन र घट्दो आर्थिक उत्पादनले रूस ठूलो शक्ति रूपमा गम्भीर रूपमा कमजोर भएको देखाउँछ।”
युद्धका कारण रूसको हैसियत घट्दै गएको देखिए पनि राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी देशहरूको थप दबाब नरहेसम्म शान्ति सम्झौतामा तयार नहुने सीएसआईएसको निष्कर्ष छ।
ुथप दबाब नपरेसम्म पुटिनले वार्ता लम्ब्याउने र युद्ध जारी राख्ने सम्भावना उच्च छ, चाहे त्यसको मूल्य लाखौं मानवीय क्षति नै किन नहोस्,ु प्रतिवेदनमा भनिएको छ।
News Desk 0 response बिहिबार, माघ १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



