

-
काठमाडौं : निर्वाचन आयोगले चुनावी प्रचारप्रसार अभियानमा राजनीतिक दल र तीनका उम्मेदवारहरूले आर्थिक सहयोग लिएरनलिएको सूचना संकलन गर्दैछ ।
यसका लागि अनुगमन अधिकृत नै तोकिएको छ । आयोगका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेर यस्तो जिम्मेवारी दिएको हो ।
राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु तोकिएका छन् । जस अन्तर्गत भनिएको छ, ‘निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा ३० को व्यवस्था बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार अभियानमा निषेधित कार्यको लागि आर्थिक सहयोग लिएरनलिएको सूचना संकलन गर्ने ।’
चुनावी प्रचारप्रसार अन्तर्गत राजनीतिक वा उम्मेदवारले कोणसभा वा आमसभा गर्ने गर्दछन् । त्यसका लागि मञ्चको तयारीको लागि गरेको खर्चको पनि जाँचबुझ हुनेछ ।
अनुगमन अधिकृतको कार्य शर्त अन्तर्गत भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड ९भ० वमोजिम उम्मेदवारले निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि गरेको खर्चको बेला–बेलामा जाँचबुझ गरी यकिन विवरण तयार गर्ने ।’
अनुगमन अधिकृतले यी लगायतका विवरण संकलन गरेर पाक्षीक प्रतिवेदन जिल्ला आचारसंहिता अनुगमन समिति र केन्द्रीय आचारसंहिता अनुगमन समिति समक्ष पेश गर्नुपर्ने हुन्छ ।
कार्य शर्तमा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन खर्च विवरणको यथार्थता, आर्थिक सहयोग संकलन कानून सम्मत रहेरनरहेको विवरण र निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा गरेका कामकारबाहीको जिल्लागत पाक्षीक प्रतिवेदन जिल्ला आचारसंहिता अनुगमन समिति र केन्द्रीय आचारसंहिता अनुगमन समिति समक्ष पेस गर्ने ।’
निर्वाचन आयोगका अनुसार दल र उम्मेदवारबाट निर्वाचन खर्चका क्रममा गलत कार्य भएको छ र तत्काल कारबाही गर्नु पर्ने भए अनुगमन अधिकृतको सूचनाअनुसार जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजकको समन्वयमा प्रक्रिया अगाडि बढ्नेछ ।
News Desk 0 response सोमवार, माघ १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



