

-
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली उद्धार (फेक रेस्क्यू) कागजात तयार गरि ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि ३ वटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक तथा प्रबन्धक सुभाष केसी रहेका छन् ।
अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै– टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झुटो प्रचार गरि हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बील तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गर्ने धन्दा चलिरहेको पुष्टि भएको छ । गिरोहले एउटै उडानमा बहुविधा बीमा दाबी गर्ने, चार्टर्ड उडानलाई रेस्क्युमा रूपान्तरण गर्ने, प्राइभेट अस्पतालसँग मिलेर फर्जी बील बनाउने तथा बिचौलियाबाट कमिसन लिने गरेको तथ्य फेला परेको छ ।
सीआईबीको अनुसन्धानबाट माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २ सय ४८ जनाको उद्धार गरेको रेकर्डमध्ये १ सय ७१ जनाको नक्कली उद्धार गरेको खुलेको छ । यसबाट कम्पनीले १ करोड ३ लाख १० हजार २ सय ७६ अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।
त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको उद्धारमध्ये ७५ जनाको नक्कली उद्धार गरेर ८२ लाख डलर मागदाबी गरेको अनुसन्धानमा देखिएको छ । एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले ६ सय १ जनाको उद्धारमध्ये ७१ जनाको शङ्कास्पद उद्धार गरेर ११ लाख ५३ हजार डलर मागदाबी गरेको छ । यी नक्कली उद्धारबाट ठगीको रकम झन्डै २ अर्ब ९० करोड रुपैयाँ पुग्ने सीआईबीले जनाएको छ ।
विदेशी मिडियाले नेपालमा झन्डै ३५ प्रतिशत उद्धार नक्कली भएको उल्लेख गरेका थिए भने २०८२ साल असोजयता थप उजुरीहरू आएका छन् । यसअघि सन् २०१८ मा पनि यस्तै घोटालाको प्रतिवेदन आएको थियो तर पूर्ण कारबाही हुन सकेको थिएन ।
सीआईबीका प्रमुख केसीले भन्नुभयो, ‘पक्राउ परेकाहरूलाई राष्ट्रहित विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रमाण खोजी भइरहेको छ र प्रमाण फेला लागेपछि तत्काल पक्राउ गरि कारबाही अघि बढाइनेछ ।’
यस प्रकरणमा सीआईबीले छुट्टै कार्यदल गठन गरि अनुसन्धान गरेको थियो भने पर्यटन मन्त्रालयले पनि छानबिन समिति बनाएको थियो । यस घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्न सक्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।
News Desk 0 response आइतवार, माघ १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



