

-
काठमाडौं : नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ ।
फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण प्याड ३९बीमा हालै मात्र नासाको विशाल ‘स्पेस लन्च सिस्टम’ ९एसएलएस० रकेट र ‘ओरियन’ अन्तरिक्ष यानलाई स्थानान्तरण गरिएको छ । नासा र विश्वभरका खगोलविद्हरूका अनुसार यो ऐतिहासिक मिसनको प्रक्षेपणका लागि आगामी फेब्रुअरी ६, २०२६ को मिति तय गरिएको छ, जसले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।
अहिले इन्जिनियरहरूको टोली रकेटको अन्तिम परीक्षण र इन्धन भर्ने प्रक्रियाको तयारीमा जुटेका छन्, जसलाई प्राविधिक भाषामा ‘वेट ड्रेस रिहर्सल’ भनिन्छ ।
यो परीक्षण सफल भएमा निर्धारित समयमै चारजना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको कक्षतर्फ प्रस्थान गर्नेछन् । यस मिसनमा कमान्डर रीड वाइजम्यानको नेतृत्वमा भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी हुँदैछन् ।
यसमा रोचक कुरा के छ भने यो यात्रा सफल भएमा क्रिस्टिना कोच चन्द्रमाको यात्रा गर्ने विश्वकै पहिलो महिला बन्नुहुनेछ । सबै यात्रीहरू सुरक्षित रूपमा यात्राका लागि तयार हुन अहिले विशेष क्वारेन्टाइनमा बसिसकेका छन् ।
आर्टिमिस-२ मिसनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा उत्रनु नभई त्यसको वरिपरि चक्कर लगाएर ओरियन यानको सुरक्षा र जीवनरक्षा प्रणालीहरूको परीक्षण गर्नु हो ।
१० दिन लामो यस यात्राले गहिरो अन्तरिक्षमा मानिसले कसरी लामो समयसम्म काम गर्न सक्छ भन्ने कुराको प्रमाणीकरण गर्नेछ ।
यस मिसनको सफलताले नै सन् २०२७ मा सञ्चालन गरिने आर्टिमिस(३ अभियानको बाटो खोल्नेछ, जसमा मानिसलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने नासाको ठूलो योजना रहेको छ। हाल विश्वभरका वैज्ञानिक र अन्तरिक्ष प्रेमीहरूको नजर यो विशाल रकेटको अन्तिम काउन्टडाउनतर्फ सोझिएको छ । ९विभिन्न एजेन्सीहरूको सहयोगमा०
News Desk 0 response आइतवार, माघ १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



