

-
काठमाडौं : एमालेको टिकट वितरणमा ओलीको कठोरता देखाका छन् । महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कठोर देखिएका हुन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् । यसै क्रममा, ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा निर्णय ओलीले जिम्मा आफैंले लिएका छन् । गोकर्ण विष्टले भने गुल्मी–२ बाट टिकट पाएका छन् । तर इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकाल पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर हार व्यहोरेका थिए ।
महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट पाएनन् । यद्यपि उनको नाम कुनै पनि क्षेत्रबाट सिफारिस गरिएको थिएन । विगतमा उनी चितवन १ बाट चुनाव लड्दै आएका थिए ।
नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि, उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।
ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।
शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ । उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भए पनि रणनीतिक कारणले केही क्षेत्रमा उम्मेदवार घोषणा गर्न बाँकी राखिएको दाबी गरेका छन् ।
यसैबीच एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् । बैठकमा नेता भट्टराईलाई समेत ताप्लेजुंगबाट टिकट नदिने भनेर अध्यक्ष ओलीले भनेका थिए । जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका राम्रो हुनसक्ने र यसअघि पनि राम्रो भूमिका निर्वाह गर्दागर्दै किन चुनाव लड्न नपाउने भनेर जवाफ माग गरेका थिए । ‘तर अध्यक्षले पोजेटिभ जवाफ दिनुभएन’, एक सचिवालय सदस्यले भने, ‘योगेशसहित ११ औँ महाधिवेशनमा अलग समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई कर्नर पार्ने प्रयास गरेको देखियो ।’
News Desk 0 response आइतवार, माघ ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



