• काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु देशको लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन् ।

    आज काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले सिङ्गो समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको जिकिर गरे ।

    उनले भने, ‘विशेष महाधिवेशन किन भनेको रु नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? कसैले सडकमा बहुमत पुर्‍याएँ भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन रु लोकतन्त्रलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो । नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद कुरा हो ।’

    अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रका लागि आफूहरूले एकताबद्ध भएर लड्नुपर्ने अवस्था आएको दाबी गरे।