

-
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।
चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् ।
‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि पनि त्यही कुरा लागू हुन्छ । हामी कस्तो परिस्थितिमा छौं तपाईंहरूलाई थाहा छँदैछ । यो विषय तपाईंहरू आफैं बुझ्नुहुन्छ । त्यस हिसाबले आफैंले जे गर्दा ठीक हुन्छ त्यो निर्णय आफैं गर्नुहोला ।’
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले प्रभावशाली मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।
सरकारमा सहभागी भएपछि कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो ।
अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग एकता गरेको छ । दलका बैठक र राजनीतिक कार्यक्रममा भने घिसिङ प्रत्यक्ष सहभागी हुँदै आएका छन् ।
निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना हुँदै आएको छ । कतिपयले त आगामी निर्वाचनको निष्पक्षतामासमेत प्रश्न उठाउने गरेका छन् ।
साथै भारतबाट आयात हुने बिजुलीमा ४३ करोड रुपैयाँ गडबडीका कारण पनि उनी विवादित बनेका छन् । त्यो सार्वजनिक भएपछि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको सम्झौता नेपाल विद्युत प्राधिकरणले खारेज गर्ने निर्णय गरेको छ ।
जसरी पनि फागुन २१ मै निर्वाचन गराउन सक्रिय प्रधानमन्त्री कार्कीले सोमबारको क्याबिनेट बैठकमा मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि जनाइन् ।
‘प्रधानमन्त्रीले स्पष्ट रूपमा कुलमानलाई सरकार छाड्नुस् भन्नुभयो,’ मन्त्रिपरिषद् स्रोत भन्छ, ‘उहाँले छाड्दा सरकारप्रति पनि अविश्वास पैदा नहुने, चुनावको तयारीमा कुलमानले पर्याप्त समय दिन पाउने र कुलमानले नैतिकता पनि प्रदर्शन गरेको देखिने भएकाले दुवै पक्षलाई राम्रो हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’
कुलमानले मन्त्री पद छाड्नुपर्ने प्रधानमन्त्रीको भनाइप्रति केही मन्त्रीहरूले सहमतिसमेत जनाएका थिए ।
मन्त्रिपरिषद्मा अहिले घिसिङ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता राजनीतिमा जाने आकांक्षा देखाइरहेका छन् ।
खरेल र गुप्ता घिसिङ जस्तो प्रत्यक्ष देखिएका छैनन् । गुप्ता रास्वपा, बालेन र उज्यालो नेपाल पार्टीको एकताको सहमति गर्दासँगै देखिएका थिए ।
News Desk 0 response मङ्लबार, पुस २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



